३, वैशाख, काठमाडौँ ।
पोखरा विश्वविद्यालयले विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने गरी परीक्षा तालिका सार्बजनिक गरेको भन्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालय अन्तर्गत काठमाडौंमा रहेका क्याम्पसमा ताला लगाएको छ । व्यवस्थापन संकायका ३ सय ९१ जना विद्यार्थीको समस्यालाई समाधान नगरी परीक्षा तालिका निकालेपछि मंगलबार नेविसंघले क्याम्पसहरूमा तालाबन्दी गरेको हो।
समस्या समाधानका लागि अल्टिमेटम दिएको भए पनि विश्वविद्यालय, क्याम्पस प्रशासनले खासै चासो नदिदा नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिका सचिव चेतराज कँडेलले जानकारी दिएका छन्।
विद्यार्थी भर्ना तथा क्याम्पस सञ्चालनको न्यूनतम मान्यतासमेत कायम गर्न नसक्ने क्याम्पसलाई कडा कारबाही र पीडित विद्यार्थीलाई उचित न्याय नहुञ्जेल ताला नखोल्ने नेविसंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्