३ वैशाख, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलानलाई आज जिल्ला अदालतले जेल चलन गरेको छ ।
अदालतमा सोमबार न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग १८ हजार धरौटी माग गरेको थियो । सो धरौटी रकम बुझाउन नसक्दा ज्वालालाई अदालतले भीमफेदी कारागार लगिएको हो ।
केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्