३ वैशाख, काठमाडौं ।
सोमबार राति वाटफोर्डको मैदानमा भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको वाटफोर्डमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ ।
खेलको १०औं मिनेटमा पिएरे इमरिक औबामियाङले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । वाटफोर्डका कप्तान ट्रोए डेनीले आर्सनलका लुकास टोरेरालाई एलबो प्रहार गरेपछि रेफ्री क्रेइग पासनले सोझै रातो कार्ड देखाएका थिए । त्यसपछि आर्सनलले त्यो फाइदा उठाउन सकेन ।
आर्सनलको ३३ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलको एक खेल बढी खेलेको चेल्सीसँग अंक बराबरी भएपनि गोल अन्तरमा आर्सनल अघि बढेको हो ।
प्रतिक्रिया दिनुहोस्