२ वैशाख, काठमाडौं ।
मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।
अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको अध्यक्षतामा रहेको केन्द्रको सञ्चालक समितिले पेश गरेको प्रस्ताव अनुरुप वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५/३५ र खेलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको हो ।
बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार समितिको प्रस्ताव आईजीपी खनालबाट स्वीकृत भएसँगै मिसनमा गएका अधिकारीको रकम कटौती खारेज भएको हो । अब नेपाली सेना र नेपाल प्रहरीमा झैं मिसन गएका सशस्त्र प्रहरीका अधिकारीले कल्याणकारी कोषमा मात्रै योगदान दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्