२ वैशाख, काठमाडौं ।
यो वर्षदेखि सशस्त्र प्रहरी बलले ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ ।
सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शैलेन्द्र खनाल भन्छन , पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने छौ।
यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा बढेर २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्