२ बैशाख, काठमाडौं ।
भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको निःशुल्क सीप परीक्षण गर्ने भएको छ ।
गत ०७५ मंसिरमा नै सरकारले सीप परीक्षणका लागि इच्छुक कामदारहरुसँग आवेदन मागेको थियो । जसमा करिब ५ सय कामदारले आवेदन दिएका थिए । विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ।
यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्डको अपेक्षा छ । कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ ।
यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल-१ को कामदार सरह प्रमाणपत्र दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्