१ वैशाख, सर्लाही।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु र ३१ घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्लाका ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै अनिल उराउ र मोरङ जिल्ला का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए ।
अवस्था गम्भीर रहेकोहरुलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्