१ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली र सासू धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी हुदै दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन्।
नयाँ वर्ष २०७६ को पहिलो दिन सरकारले देशभर ‘खोलौं बैंक खाता’ अभियान संचालन गरेको हो । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु भएको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरे ।
यो अभियानमा खाता खोल्ने ग्राहकहरुले एक रुपैयाँ पनि शुल्क नतिरी उल्टै एक सय रुपैयाँ बैंक आफैंले जम्मा गरिदिन्छन् ।
तर, बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्ले समेत १ सय रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्