३० चैत, काठमाडौ ।
रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर परकम्प भएको छ ।
शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने भएकाले सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्