२९ चैत, काठमाडौँ ।
रोजगारीका लागि भारत गएका सुदूरपश्चिमका तीन जिल्ला अछाम, कञ्चनपुर तथा डोटीका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ ।
निड्स नेपालका डोटी प्रमुख प्रकाश मडै भन्छन, ‘यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने हो भने हजारौं बेपत्ता भएका हुन सक्छन् ।’ हराएकाको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको प्रमुख मडैले बताए ।
रोजगारी पाउने आश बोकेर स्थानीय वासी वर्षेनी भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताए । बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि समस्या भैरहेको छ ।