Logo

नेपालद्वारा सिंगापुर सामु २ सय ८३ रनको लक्ष्य प्रस्तुत



Spread the love

२९ चैत , काठमाडाैँ – आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

राेहित पाैडेलकाे महत्वपूर्ण प्रदर्शनसँगै नेपालले सिंगापुरसामु उक्त लक्ष्य प्रस्तुत गरेकाे हाे ।

१०३ बलमा ९५ रन हानेका राेहि पौडेल शतक पूरा गर्नबाट थाेरैले चुकेका छन् । ४६ औं ओभरको पहिलो बलमा सिंगापुरका बलर अथर्व गुनेले उनलाइ क्याच आउट गराए ।

रोहित पौडेलकै कप्तानीमा नेपाली टिम मैदानमा उत्रेकाे थियाे । उनी आउटभएसँगै सोही ओभरमा गुनेले थप दुई विकेट लिएपछि ४६ ओभरमा अलआउट भएको नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको हाे । राेहितले उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए ।

यसैगरी खेलमा नेपाली टाेलीका रसिद खानले ४७ बलमा ४८ रन बनाए भने पवन सराफले ४७ रन जाेडे । उता कमल सिंहले ३ छक्कासहित १८ बलमा ३१ रन बनाए भने भीम सार्की २६ रनमै आउट हुँदा कुशल मल्लले १० रन मात्र बनाए । आसिफ शेख र रित गौतमले क्रमश: ८ र १ रन जाेडेका थिए ।

प्रतियोगिताको पहिलो दिन नै आयोजक मलेसिया र यूएई तथा कुबेत र ओमानबीच पनि प्रतिस्पर्धा हुँदैछ । नेपालले दोस्रो खेल शनिबार यूएईसँग तथा तेस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्