२८ चैत, काठमाडौँ
नुवाकोटको पूर्वी भेगमा रहेको तलाखुमा स्काभेटरले बाटो खनेको हेरेर बस्दा स्थानीय एक युवकको मृत्यु भएको छ।
सदरमकुाम देखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-१ मा जेसिबि स्काभेटरले बाटो खनेको हेर्ने क्रममा रुखले च्यापेर ३७ वर्षीय सानुकान्छा तामाङको मृत्यु भएको नुवाकोटका प्रमुख कृष्णबहादुर पल्लि मगरले जानकारी दिए।
बाटो खनेको हेरेर बस्दा ढलेको रुखले च्यापी गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौ लैजादै गर्दा बुधबार राति बाटोमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्