Logo

प्रहरीको विशेष आग्रहमा नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध



Spread the love

२८ चैत, काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए । उनले पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको बताएका छन् ।

केही समय अघि मात्रै भारतमा आमाले पब्जी नखेल भन्दा छाेराले आत्महत्या गरेका थिए
पब्जी इन्टरनेटमा खेलिने अनलाइन भिडियो खेल हो । यसको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।
सम्बन्धितः

आमाले पब्जी नखेल भन्दा छाेराले गरे आत्महत्या

पब्जीसँग सम्बन्धित मेलिना राईको ‘भेटियो भेटियो’ बोलको गीत युट्युबमा

नयाँ गीत ‘पिरतीको पब्जी’ सार्वजनिक

प्रतिक्रिया दिनुहोस्