Logo

आभास आचार्यको गजल



Spread the love

मन गुमायो उसले कि धन गुमायो
चुहाई पसिना खाडीमा यौवन गुमायो !!

बामे सरिरहेको बालक उठी हिड्यो जब
हो त्यही बेला उसले बचपन गुमायो !!

सब चिज गुमायो उसले उनी गएपछि
मुस्कान उडायो, उसले धड्कन गुमायो !!

ऊ बाँचेकै छ, कतै अलि पर…होला
धर्तीमा उसले दुइदिने जोवन गुमायो !!

०००

०००

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्