Logo

लिंगको टुप्पोको छाला काट्दा बालकको मृत्यु



Spread the love

२६ चैत , महोत्तरी – महोत्तरीको लोहारपट्टि नगरपालिकामा दुई महिने बालकको लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको छ । सोमबार राति इस्लाम धर्मको परम्परा निभाउने नाममा सोही नगरपालिका ५ का आशिक शेषका दुई महिने छोरा फिरोज शेष को मृत्यु भएको हो ।

धर्मअनुसार बालक खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने) गरिएको प्रहरीले जानकारी दिएको छ । खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएको थियो ।

इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका थिए । तर बालकको अत्यधिक रक्तस्राव भएपछि बालकलाई उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार घटनाबारे अनुसन्धान गरेर सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्