२५ चैत, काठमाडौं।
धनकुटाबाट धरान आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ महिनाका बालक सहित ४ जनाको मृत्यु भएको छ ।
धनकुटाको बुधबारेबाट धरान तर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस जिरो प्वाइन्टमा दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा बसका चालक धरान ८ का चक्रबहादुर गुरुङ, धनकुटा चौबीसे १ का दलबहादुर मगर रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी ४० जना घाइते भएका छन् । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्