२४ चैत, काभ्रेपलाञ्चोक – खुर्पा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा मादक पदार्थ सेवन गरेपछि श्रीमान श्रीमतीबीच झगडा भएको र सोही क्रममा श्रीमतीले श्रीमानमाथि खुर्पा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
५५ वर्षीया श्रीमती लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङमाथि खुर्पा प्रहार गर्दा सुकराम गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो।
लालीमायालाई प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्