Logo

जनकपुर हुँदै ताप्लेजुङको पाथिभारासम्म साइकल यात्रा



Spread the love

२२ चैत धनुषा । देशको सुख, शान्ति, समृद्धिका लागि र सम्पुर्ण देशबाशीमा भाइचाराको सन्देश फैलाउन जनकपुरका एक युवा ७ दिने साइकल यात्रामा निस्केका छन् ।

जनकपुर उपमहानगरपालिका वडानम्बर ४ बस्ने रञ्जित कुमार साह शुक्रबारबाट जनकपुर हुँदै ताप्लेजुङको पाथिभारासम्मका लागि साइकल यात्रामा निस्केका हुन् ।

नेपालमा हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली एकै भन्ने सन्देश दिन यात्राको सुरु गरेको रञ्जितले बताए ।

जनकपुरधामको जानकी मन्दिरमा आयोजित एक कार्यक्रमको बीच प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले साइकल यात्री साहलाई पाथिभाराका लागि विदाई गरे ।

रंजीतले जनकपुरधामदेखि ताप्लेजुंगको पाथिभारासम्मको ४ सय ३२ किलोमिटरको यात्रा २२ दिनमा पूरा गरी जनकपुरधाम फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्