२२ चैत,चितवन । भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरमा एउटै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । जसमा आमा, छोरी र छोराले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरकी अन्दाजी ३४ वर्षीया माया आलेमगर, १४ वर्षीया छोरी विनिता र १२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् । उनीहरुको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
मृतक मायाका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस्