२० चैत, काठमाडौँ । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । सम्मेलनमा देशभरबाट करिब चार सय न्यायाधीशहरु सम्मेलनमा सहभागी हुने छन् ।
तीन दिनसम्म चल्ने सम्मेलन अवधिभर सर्वोच्च, उच्च र कुनै पनि जिल्ला अदालतमा मुद्दाको पेसी तोकिने छैन ।
आज दिउँसो २ बजेबाट औपचारिक रूपमा सम्मेलन उद्घाटन हुनेछ। सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयमा छलफल गर्नेछ ।
छलफलमा पेस भएका कार्यपत्रमाथिको विभिन्न समूहमा बहस भएपछि काठमाडौँ घोषणापत्र जारी हुनेछ। शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्