१४ , चैत्र, सिन्धुपाल्चोक ।
राज्यविरुद्धको अभियोगमा जेल परेका नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।
पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद गरिएको थियो । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ जनालाई रु ६ हजार धरौटीमा रिहा गरिएको छ । ।
थुनामा रहेका हीरा खत्री,रविता अधिकारी र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्