Logo

युरो २०२० छनाैटः आज नेदरल्याण्डस र जर्मनीको भिडन्त



Spread the love

 चैत्र १०, काठमाडौं – सन् २०२० मा हुने युरो कप फुटबलका लागि जारी छनौट खेलक्रममा आज एक महत्वपूर्ण  खेल हुँदैछ । आज युरोपपीयन फुटबलमा छुट्टै छबि भएका दुई ठूला देश नेदरल्यान्ड्स र जर्मनी आमनेसामने हुँदैछन् ।

नेदरल्यान्ड्सले आज आफ्नो घरेलु मैदानमा सन् २०१४ को विश्वविजेता जर्मनीलार्इ निम्त्याउँदैछ । जर्मनीको पहिलो छनाैट खेल भए पनि  नेदरल्यान्ड्सले आज दोस्रो खेल खेल्दैछ ।

रसिया विश्वकपमा छनौट हुन नसकेको युवा टोलीले भरिपूर्ण  नेदरल्यान्ड्स त्यसयता लगातार उच्च प्रदर्शन गर्दै आइरहेको छ । उता जर्मनी भने विश्वकपमा समूह चरणबाटै आउट भए एता लगातार खराब लयबाट गुज्रिरहेको छ ।

यसअघि  भएको पहिलो छनौट खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४–० ले हराउँदा जर्मनी भने मैत्रीपूर्ण खेलमा सर्बियासँग १–१ को बराबरीमा रोकिएको थियो ।

आजको खेलबाट जर्मनी युरो कप छनौटमा सुखद् सुरुआत गर्ने योजनामा हुनेछन् । तर, जर्मनीका लागि नेदरल्यान्ड्सको घरेलु मैदानमा खेल्न उति सहज हुनेछैन । पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स आज उसका लागि भारी पर्न सक्छ ।

यी दुई टिम पछिल्लोपटक गत नोभेम्बर महिनामा युइएफए नेसन्स लिगमा भिडेका थिए । जर्मनीको घरमा भएको पछिल्लो खेल २–२ को बराबरीमा टुंगिएको थियो । त्यसयता यता दुई हेभिवेट टिम पुनः आमनेसामने हुन लागेका हुन् ।

खेल नेपाली समयअनुसार आज राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । नेपालमा यो खेल सोनी नेटवर्कका च्यानलबाट लाइभ प्रशारण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्