Logo

नयाँ रेकर्ड राख्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलमा



Spread the love

३० फागुन, काठमाडाैँ – स्पेनिस पावर हाउस बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ । बिहिबार बिहान खेलिएको अन्तिम १६ अन्तर्गतको दोश्रो लेगमा फ्रान्सेलि क्लब ओलम्पियक लियोनलाई घरेलु मैदानमा ५–१ को पराकिलो गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सुरूवाति मिनेट देखि नै आक्रामक देखिएको बार्सिलोनालाई सुरूवाति अग्रता कप्तान लियोनल मेसीले १८औँ मिनेटमा दिलाएका थिए । बार्सिलोनाका खेलाडी लुइस स्वारेजलाई लियोनका डिफेन्डर जासन डेनायरले डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टिलाई सदुपयोग गर्दै मेसीले महत्वपूर्ण अग्रता दिलाए । लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै ३१ औँ मिनेटमा कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

सुरूवाति अग्रता लिएको बार्सिलोनालाई दोश्रो हाफको केहि मिनेट दबाबमा राख्ने कोसिस गरेको लियोनका लागि ५८औँ मिनेटमा लुकास टसर्टले १ गोल फर्काए । तर सो गोल खाएपछि बार्सिलोनाले लियोनमाथि अझ दबाब सिर्जना गर्यो ।

पहिलो हाफमा बार्सिलोनाका लागि पेनाल्टिमा गोल गरेका मेसीले खेलको ७८औँ मिनेटमा आकर्षक गोल गर्दै बास्िलोनाको अग्रतालाई ३–१ बनाए । ८१औँ मिनेटमा काउन्टर अट्याकमा बार्सिलोना अर्को गोल थप्न सफल भयो । मेसीको पासमा जेरार्ड पिकेले बललाई जालिको दिशा देखाए भने मेसीकै पासमा कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका उस्मान डेम्बेलेले ८६ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अन्तिम ८ को यात्रा देखाए ।

आजै भएको भएको अर्को खेलमा भने जर्मन क्लब बायर्न म्युनिखलाई उसकै घरमा ३–१ ले पराजित गर्दै साबिक उपविजेता लिभरपुल अन्तिम ८ मा स्थान बनाउन सफल भयो । लिभरपुलका लागि खेलको २६ औँ मिनेटमा साडियो मानेले अग्रता दिलाए । लिभरपुलका खेलाडि माटिपले आत्मघाति गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियता पनि दोश्रो हाफमा लिभरपुल ६९औँ मिनेटमा डिफेन्डर भर्जिल भान डाइक र ८४औँ मिनेटमा मानेकै गोलको मद्दतमा ३–१ को नतिजा निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

आज घरेलु मैदानमा जीत निकाल्दै बार्सिलोना च्याम्पियन्स लिग नयाँ रेकर्ड राख्न सफल भएको छ । बार्सिलोना आफ्नो मैदान क्याम्प नु मा खेलिएका च्याम्पियन्स लिगका ३० खेलसम्म पराजित भएको छैन ।

बार्सिलोना २०१२र१३ मा सेमिफाइनलको दोश्रो लेगमा क्याम्प नु मा ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्