Logo

विद्यालय भवन भत्किँदा केही बालबालिकाको मृत्यु भएको आशङ्का



Spread the love

२९ फागुन, नाइजेरिया – नाइजेरियाको व्यवसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेको समयमा भवन भत्किएको थियो । विद्यालय समयमा भएको उक्त घटनामा केही बालबालिका फसेका र उनीहरूलाई जीवितै उद्धार गर्न स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटिराखेका बताइएको छ ।

लागोसको आइसाइका मोन्सुरतमा रहेको तीन तले भवन भत्किनुको कारण अझै थाहा हुन सकेको छैन त भवनको कमजोर संरचना नै भवन भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।

लागोस आपतकालीन व्यवस्था निकायका प्रवक्ताले भवन भत्किएर केही बालबालिका फसेको कुरालाई पुष्टि गरेका छन् तर मृत्युबारे आफूलाई आधिकारिक सूचना प्राप्त नभएको बताए ।

नाइजेरियामा प्राय भवनका कमजोर निर्माण सामग्री, कमजोर संरचनामा अत्यधिक भार राखी परम्परागत रूपमा भवनहरू बनाइने गरेका र पटक पटक यस्ता घटना दोहोरिने र यसबाट बर्षेनी दर्जनौँ नागरिकको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्