प्रियंका कोइराला (टिम लिडर: आइसेक इन काठमाडौं)
को हुँ म ‘नारी’ ?
सोचै सोचमा हराएको छु
यही एउटै पश्नको उत्तर खोज्दै
भौतारिदैं हेडेकी छुँ ।
उत्तर छन् अनेक
तर,
म भने प्रश्नमै डुबेकी छुँ
यो शब्दको परिभाषा
अझै चिन्न बुझ्न खोज्दै छुँ ।
भनिदेऊ मलाई कोही
को हौ तिमी “नारी” ?
को हुँ म ?
हुँ म पुजाकी थाली, कोठाकी ताली
हुँ म दुई चुल्ठी बाँधेर स्कुल कुदेकी मुस्कान
या,
हुँ म १२ बर्ष मै बच्चा स्याहारी रहेकी ममताकी मुहान ?
हुँ म आफ्नो नारीत्व चिनाइ रहेकी कार्यकर्ता
कि अझै दाइजोको पिडामा फसेकी लाचरता
हुँ म आफ्नै अस्तित्वमा लुकेकी बाध्यता
कि आकाश चुम्न सफल एक कथा ?
आखिर को हुँ म नारी ?
हुँ म त्यही छाउपडीमा बिलीन भएकी एक लास,
कि संसारमा ज्ञान र खुसी बाड्न डटेकी एक शाहस ।
जन्मे मेरै कोखबाट महान महान हस्ती
तर
किन समाजमा ‘तँ केटी जस्तो’ भनेर गर्छौ हाम्रै बेइज्जती ?
मेरो वर्ण मेरै कपडामा दाजिन्छ
तर बुर्का लगाए पनि बलात्कार किन मेरै हुन्छ ?
मेरो बोली वचन हुनुपर्छ रे नरम,
तर पनि सधैं मलाई गिराएर हेर्ने यो कहाँको धरम ?
मेरो इच्छा रुपी काम गरे भने हुन्छु म असभ्य
तर जे गरेनी हुन सकिन तिम्रो शब्दकोशको काव्य
मन त तब दुख्छ,
जब कति पुरुष पनि लागिसके समर्थन नारीबादलाई गर्न
तर पनि कोहिकोही खुट्टा तान्ने पर्छन् आफ्नै दिदिबहिनी वर्ग !
बाच्न खोजे म तिमीले बनाएको नीतिमा
तोड्न खोज्या हैन कुनै रीति म ?
न म घरेलु भएरै बन्न सकेँ, तिम्रो परिभाषाको महान
न त तिमी भन्दा माथिल्लो तहको पदमा पुगेर ।
अब प्रवाह छैन कसैको तानाको
जिउँनु छ अब जीवन आफ्नै पाराको
तोड्दै सारा बाधाहरु जीवनमा
बढ्नेछु अघि निरन्तर आफ्नै धारामा ।
बस्ने छैन तिमीले दिएको त्यो सानो जगमा
बनाउने छुँ म आफ्नै अस्तित्व यो युगमा ।
अंगाल्दै मेरो स्त्रीत्त्व
सबैको हात समाइ
ल्याउने छुँ म यस विश्वमा क्रान्ति
मेरै आफ्नै रथ चलाई ।
०००
०००