ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको छ ।
बिहीबार दिउँसो मन्त्री पुनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।
हस्पिटलका डाक्टर यादव भट्टसहितको चिकित्सकको टोलीले मन्त्री पुनको उपचार गरिरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको प्रेस संयोजक खड्काले बताए।
केही बेरअघि उपचाररत मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नर्भिक अस्पताल पुगेका थिए।बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटल पुगी सभामुख कृष्णबहादुर महराले पनि मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।
प्रतिक्रिया दिनुहोस्