Logo

सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा यसरी हुँदैछ तयारी



Spread the love

ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनका मृतकलाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ।

सरकारले दुर्घटनामा मृत्यु हुने सातै जनालाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय गरेसँगै टुँडिखेलमा त्यसको तयारी भइरहेको छ। सातै जानको शव राखिने स्थललाई फूलमालाले सजाइएको छ।

बुधबार भएको सो दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेमा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी रहेका छन्।

मृतक सातै जनाको शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँएको छ। उनीहरुो शवको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ।

मौसमको प्रतिकूलताका कारण ढिलो मात्र शव काठमाडौँ ल्याइ पुर्‍याइएको र पोस्टमार्टमको प्रक्रिया लामो हुने भएपछि आज गरिने भनेको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सारिएको छ। श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेपछि त्याहाँ उपस्थित सयौ आफन्त तथा सुभचिन्तकहरु थप निराश बनेका छन्।

प्रतिक्रिया दिनुहोस्