भारत र पाकिस्तानको तनावबीच दुबै देशले एक अर्कामाथि हवाई आक्रमण गरे । जुन आक्रमण सैन्य आक्रमण नभएपनि भारतले पाकिस्तानको एक लडाकु विमान खसालेको दाबी ग¥यो भने पाकिस्तानले भारतको २ वटा विमान खसालिदियो । जसमा एक जनाको मृत्यु भयो भने अर्का एक जना अभिनन्दन नाम गरेका पाईलटलाई पाकिस्तानले उद्धार गरी नियन्त्रणमा लिएको थियो । यतिबेला सामाजिक सञ्जालमा उक्त पाईलटको विभिन्न भिडियोहरु भाईरल बन्दै गर्दा भारतले अभिनन्दनलाई बिना क्षती रिहा गर्न माग गरेको थियो ।
आजैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकिस्तानको लडाई चाडै समाप्त हुने घोषणा गरिरहदा पाकिस्तानले नियन्त्रणमा लिएको अभिनन्दनलाई रिहा गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले आज संसदमा बोल्दै भोली अभिनन्दनलाई रिहा गर्ने निर्णय गरेका हुन् ।
संसदमा सम्बोधन गर्दे उनले भने “हामीले भारतलाई पत्र पठाएइका छौँ की दुबै देशको बिदेश मन्त्रीले भेटघाट गर्नुपर्छ तर हामीलाई सकरात्मक जवाफ मिलेको छैन । हामीलाई लाग्छ यसको जवाफ नआउनुको कारण त्यहाँ आउन लागेको चुनाव हो । जसमा चुनावी एजेन्डा हामीसंग राम्रो सम्बन्ध बनाउ भन्ने छैन” ।