Logo

मन्त्री अधिकारीको निधनप्रति राजमोद्वारा दुःख व्यक्त



Spread the love

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जना व्यक्तिहरु चढेको हेलिकोप्टर दुर्घटना भई सातै जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गरेको छ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले बुधबार शोक वक्तव्य प्रकासित गरी दुर्घटनामा परी मन्त्री रविन्द्र अधिकारी सहितको मृत्यु भएकोमा राष्ट्रिय जनमोर्चालाई धेरै नै दुःख लागेको बताएका छन्।

राष्ट्रिय जनमोर्चाले मन्त्री अधिकारीसहित मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारजनहरुप्रति समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्