Logo

रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने, भोलि देशभर सार्वजनिक बिदा



Spread the love

सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीका राजकीय सम्मानका अन्त्येष्टी गरिने र भोलि देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि भएको  छ ।

स्वर्गीय अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्नको लागि सरकारले सबै व्यवस्था गर्ने पनि निर्णय भएको छ । भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम, नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकासप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने  रहेका छन्।

प्रतिक्रिया दिनुहोस्