Logo

दुर्घटनामा पर्नु अघि पर्यटनमन्त्रीको यसरी भएको थियो स्वागत



Spread the love

आज ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भयो । सो दुर्घटनामा नेपालले आसा लाग्दा युवा मन्त्री रविन्द्र अधिकारीलाई गुमायो ।

पयर्टनमन्त्री अधिकारी ताप्लेजुङ तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्नका लागि पुगेका थिए । जहाँ उनको स्थानीयले भव्य स्वागत गरेका थिए । उनको स्वागतका लागि आठराई गाउँपालिकाले औपचारिक कार्यक्रम नै राखेको थियो ।

जोश र हसिलो अनुहार बोकेर कार्यक्रम स्थल पुगेका अधिकारी त्यसपछि सदाका लागि छोडेर गए । उक्त कार्यक्रम सकेर फर्किएपछि हेलिकप्टर दुर्घटनामा परेको थियो । कृति लेखनमा समेत रुची राख्ने मन्त्री अधिकारीको निधनले यतिबेला राजनिती क्षेत्रमा शोक नै छाएको छ भने यतिबेला सामाजिक सञ्जालका भित्ताहरु उनलाई श्रृद्धान्जली दिनका लागि रंगिएका छन् ।

नेपालको पर्यटन बर्षमा २० लाख पर्यटक भित्राउँछु भन्ने संकल्प लिएका उनले पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो छरितो रुपमा निर्माण सम्पन्न गराउनका लागि तदारुकता देखिएका थिए । कल्पनियरुपमा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाप्रति हार्दिक श्रृद्धासुमन अपर्ण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्