Logo

एनसेल बिस्फोटको जिम्मा विप्लवले लियो



Spread the love

शुक्रबार राती निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि भएका आक्रमणको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । ललितपुरमा रहेको नख्खुको मुख्यालय लगायत देशभरका एनसेल टावरमा गरिएको बम हमला र आगजनीको जिम्मा विप्लव पार्टीले लिएको हो । उसले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको ,नेपालमा लगानी नगरेर विदेश लगेको, अदालतले गरेको निर्णयहरु पालना भन्दै नेकपाले एनसेल कारवाही गरेको हो ।

उसले एनसेलमाथि भएको कारवाहीलाई जनकारवाही भनेको छ । नेकपाले नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई प्रलोभवनमा पारेर तथा कर्मचारी खरिद गरेर एनसेलले ग्राहकको संख्या बढाएको पनि आरोप लगाएको छ । साथै पार्टीले एनसेललाई जनकारवाही गर्ने क्रममा मानवीय क्षति भएको भन्दै माफी पनि मागेको छ ।

जनकारवाही गर्दा मानविय क्षती गराउने कुनै मनसाय नभएको दाबी गर्र्दे घटनालाई दुखद भनेको छ । ललितपुरको नख्खु स्थित एनसेल कार्यालयलाई लक्षित गरी भएको बिस्फोटमा परी घाईते भएका लमजुङका सिंह बहादुर गुरुङको मृत्यु भएको थियो भने घाईते २ जनाको उपचार भईरहेको छ । उता सरकारले घाईतेको उपचार खर्च बेहोर्ने र अपराधीलाई कारवाही गर्ने प्रतिबद्धता जनाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्