कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको परिवारले धर्ना स्थगित गरेका छन् । आफनी छोरीको बलात्कारपछि हत्या गरिएको लामो समय बितिसक्दा पनि अपराधीलाई कारवाही गर्न नसेकपछि दबाब दिन परिवारले कार्तिक २५ गतेदेखि धर्ना सुरु गरेका थिए । जिल्ला प्रशासन कार्याल अगाडी सुरु गरेका धर्ना उनीहरुले आफनो स्वास्थ्यमा समस्या आएपछि स्थगित गरेका हुन् । बिषेशगरी निरन्तर धर्नामा बसेका बुवा निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित भएको हो ।
डिप्रेसनको समेत औषधी खाईरहेका यज्ञराज र आमा लक्ष्मीलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भईरहेको छ । उपचारपछि फेरी पनि छोरीको न्यायका लागि दबाब दिने उनीहरुको तयारी रहेको छ । साउन १० गते साथीको घरबाट गृहकार्य गरी फर्किएकी निर्मला बेपत्ता भएकी थिईन् । भोली पल्ट उनको अर्धनग्न अवस्थामा उखुबारीमा शव फेला पारिएको थियो । घटना भएको शुक्रबार ७ महिना पुगेको छ। तथापी प्रहरीले अपराधीलाई प्रक्राउ गरी कारवाही गर्न सकेको छैन ।