मेलम्ची खानेपानी आयोजनाको कारण सचिव र खानेपानी मन्त्री बिना मगरबीचको लफडाले पछिल्लो समय खुबै तरंगित बनायो । सचिवले मन्त्री मगरलाई देश डुबाउन लागेको आरोप समेत लगाए मेलम्चीकै कारण सचिव सचिव गजेन्द्र ठाकुरको सरुवा समेत भयो ।
प्रतिनिधिमा सभामा शुक्रबार भएको मेलम्ची आयोजनाको बारेमा भएको छलफलमा मन्त्री मगरले मेलम्चीमाथि कसैको गिद्दे नजर पर्न नदिने बताएकीछिन् । मेलम्ची राष्ट्रिय गौरवको बिषय भएको भन्दै उनले काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् भन्ने नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाको प्रश्नको जवाफमा मन्त्री मगरले मिती भने तोक्न सकिनन् ।सिएमसीबाट काम नभए अब रिटेण्डरबाट मेलम्चीको काम तिव्र गतिमा हुने उनले बताईन् ।
मेलम्चीमा सचिव र मन्त्री मगरबीचको लफडा अनि कमिशनको खेलको बारेमा पनि सांसदहरुले प्रश्न गरेका थिए । कांग्रेसका सांसद गगन थापाले सचिव ठाकुरको प्रसंग जोड्दै उनले भने “सचिव गजेन्द्र ठाकुरले मन्त्रीले मुलुक डुबाउने काम गर्दै हुनुहुन्छ, सहयोग गर्न सकिएन भन्नुभएको छ छापाले गलत छाप्यो की कि दुईमा एउटा दोषी हो। दोषीले सजाय पाउनुपर्छ।’ यसको जवाफ दिँदै मन्त्री मगरले ठाकुरको बिषयलाई बढि प्राथामिकता दिईनन् । उनले भनिन् मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो ,म सँग जोडिएको, मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ मेलम्चीमा कुनैपनि गिद्दे नजर पर्न दिनेवाला छैन म यसमा विश्वस्त हुनुस्”।
उनले अगाडी भनिन् “मन्त्री मगरले देश डुबायो भनेर जसले बोल्यो उ नै जवाफीदेही हुनेछ । मलाई यो हिसाबकिताब आउँदैन।” आफनो मुख्य लक्ष्य नै मेलम्चीको पानी काठमाडौँवासीलाई उपलब्ध गराउने रहेको बताईन् । यही प्राथामिकतामा रहेर सचिवले काम गरेको नपाएपछि सरुवा भएको उनको भनाई छ । आफुले सही दिशा लिएर काम गर्दा गर्दे पनि भ्रम फैलाएको उनको गुनासो थियो । उनले आफुलाई १ अर्ब रुपैया खायो भनेर पनि प्रचारबाजी गरेको भन्दै उनले भनिन् “यो हल्लाले मलाई निकै गम्भीर बनायो। म मन्त्री भएपछि ८४ करोड १५ लाख भुक्तानी गरेको हिसाब रहेछ। मन्त्रीले १ अर्ब खायो भनेर मिडियामा हल्ला पिटियो।ֹ” उनले मेलम्चीको बाँकी काम नयाँ प्रक्रियाबाट हुन्छ छिटो भन्दा छिटो रुपमा हुने बताएकीछिन् ।