नेपाली कांग्रेस गुल्मीले १२ बर्षिय क्यान्सर पीडित बालक निशान के.सिको उपचारको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।
छत्रकोट गाउपालिका -४ दिगाम निवासी त्रिलोचन केसिको १२ बर्षिय छोरा के.सिको उपचारका लागि नेपाली कांग्रेस गुल्मीको तर्फबाट जिल्ला सचीव खिलध्वज पन्थीले सहयोग रकम २५ हजार रुपैया हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गुल्मीका सचीव खिलध्वज पन्थीले यो सहयोग पार्टीको शुरुआती चरण भएकोले बालकको जीवन रछाको लागि आगामी दिनमा पनि हरेक तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सहयोगका लागि स्थानीय तहमा नेपाली कांग्रेस र आवद्ध भातृ सस्था,नेता तथा कार्यकर्ता सबैलाई आग्रह समेत गरे। जिल्ला सदस्य तथा छ्त्रकोट गाउँपालिका छाया सरकार प्रमुख अनन्तराम पौडेलले बालकको उपचारका लागि गाउपालिका तहबाट नेपाली कांग्रेस र आवद्ध सदस्यहरुबाट भएको सहयोगका बारेमा जानकारी गराएका थिए।
गाउँपालिकाले ब्यक्तिगत आर्थिक लाभको लोभमा”होल बोडि जाच र अनावश्यक तथा योजनाबिहिन कार्यक्रम सन्चालन गर्ने तर संवेदनशिल रोगका बिरामीको उपचारका लागि सहयोगको याचना गर्दा बेवास्ता गर्नु अत्यन्तै दु:खद कुरा भएको बताए। उनले आगामी दिनमा जनप्रतिनिधिको यसतर्फ ध्यान जाने बिश्वास लिदै स्वास्थ छेत्र जस्तो संवेदनशिल काममा योजनाबिहिन ढंगले हिड्न नहुने कुरामा जोड दिए।
आफ्नो छोराको उपचारका लागि हालसम्म उपचारको क्रममा १२ लाख रुपैया खर्च भैसकेको र गाउँपालिकामा सहयोगका लागी अनुरोध गरेपनि नपाएको गुनासो बालकका पिता त्रिलोचन केसिले गरे। हालसम्म पीडित बालक निशान के.सिको उपचारका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब साम्सद चन्द्र भण्डारी र धाचानन्द कंडेल मार्फत १लाख एक हजार नगद तथा अस्पतालमा अप्रेसनका क्रममा लागेको औषधिको उपचारमा लागेको रकम छुट गर्ने काम भएको,नेपाली कांग्रेस गुल्मीको तर्फबाट २५ हजार र स्थानीय समाजसेवी तथा आफन्तबाट उठेको र ऋण काडेरको रकमबाट अहिलेसम्मको उपचार गरिएको जानकारी पीडितका बुवा त्रिलोचन के.सिले बताए।
साथै बालकको थप उपचारका लागि सहयोग गरिदिन बालकको परिवारले सबैसँग अपिल गरेका छन्। हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश भलामी, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवर, नेबि संघ गुल्मीका उपाध्यक्ष रामजी पन्थी,हर्दिनेटाका पार्टी सभापति धातानन्द भुसाल ,दिगामका पुर्ब पार्टी सभापति मोहन कंडेल, उपसभापति पशुपति कंडेल ,नेपाल महिला संघ दिगामका सभापति राधिका कंडेल र नेबि संघका जिल्ला सदस्य सन्तोष भण्डारि लगायतका ब्याक्तिहरुको सहभागिता रहेकोे थियोे ।