Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी “सियोल शान्ती पुरस्कार” बाट सम्मानित



Spread the love

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई “सियोल शान्ती पुरस्कार” बाट सम्मानित गरिएको छ । उनलाई अन्तराष्ट्रिय सहयोगमा योगदान दिएको र वैश्विक आर्थिक वृद्धिलाई प्रोत्साहन गरेको भन्दै दक्षिण कोरियाले मोदीलाई सो पुरस्कारबाट सम्मानति गरेको हो । उनलाई यो सम्मान सियोल पीस प्राइज फाउन्डेशनले गरेको हो ।


धनी र गरिबबीच भएको सामाजिक र आर्थिक खाडल कम गर्न मोदीले महत्वपुर्ण भुमिका खेलेको ठहर गर्दे सो सम्मान गरेको हो । साथै उनलाई अन्य देशसंग सक्रिय नितीको माध्यमबाट क्षेत्रिय र वैश्विक शान्तीको क्षेत्रमा उनको योगदान सह्रानिय भएको बताएको छ । उता सम्मानित भएपछि मोदीले सो सम्मान आफुको मात्र नभई सम्पुर्ण भारतको भएको बताएका छन् ।

एक करोड भन्दा बढि राशी भएको सो पुरस्कार उनले नमामि गंगे परियोजनालाई दिने घोषणा गरे । दक्षिण कोरियामा सो सम्मान पाउने मोदी १४ औँ व्यक्ति हुन् । यसअघि यही सम्मानबाट संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नान , जमर्नीका चान्सलर एंजेला मर्केल जस्ता हस्तीहरु सम्मानित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्