मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी शुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ ।समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए । ‘बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्काको तयारी भईरहेको छ ।’, उनले भने –‘हप्तादिन भित्र ठेक्का लगाउने तयारी गरेका छौं ।
मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वक्र्स र फिनिसिङ सहितका ७ वटा काम सम्पन्न हुन बाँकी रहेको आयोजनाले जनाएको छ । ९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणस्थल छोडेर इटालिएन ठेकेदार कम्पनी सिएमसी भागेपछि मेलम्चीको काम २ महिनादेखि ठप्प अवस्थामा छ । नेपालसमाचार पत्रमा खबर छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकासित भएको छ। ।