Logo

पाकिस्तानलाई ४५ करोड सहयोग गरेको सारुखमाथि आरोप



Spread the love

कश्मिरको पुलवामा जैस ए मोहम्मद नामक चरमपंथीले गरेको आत्मघाती आक्रमणपछि बलिउडमा पनि यसको असर प्रत्यक्षरुपमा देखिएको छ । उक्त घटनापछिको आक्रोसले बलिउडमा पाकिस्तानी कलाकारहरुको बहिष्कारको लहड नै चलेको छ भने बलिउड हस्तीहरुले गरेका ट्वीटको कारण पनि उनीहरु ट्रोलसंगै बिवादमा पनि आईरहेका छन् । यता चर्चित भन्दा चर्चित कलाकारहरु पुलवा घटनालाई लिएर पीडित पनि बनिरहेका छन् । जसमध्य परेका बलिउडका किंग खान सारुख खान । सारुख खानलाई लिएर पछिल्लो समय यस्तो खबरहरु आए जसले उनका फ्यान र भारतीयहरु केही निरास भए ।

वास्तवमा  सारुखले पुलवा घटनापछि पनि पाकिस्तानमा भएको एक ठुलो ग्यास दुर्घटनाका पीडितहरुलाई ४५ करोड आर्थिक सहयोग गरेको खबर छ्यापछ्याप्ती भए । भर्खरै मात्र पाकिस्तानमा आश्रृय लिईरहेको संगठनले ४६ जना सेनाको ज्यान जाने गरी आत्मघाती बिस्फोट भएपछि सारुखले पाकिस्तानलाई नै ४५ करोड आर्थिक सहयोग गरेको खबरले भारतमा एउटा ठुलो बहषको बिषय बनेको थियो । यो खबर भाईरल भएसंगै धेरैले सारुखलाई गाली गरेर बहिष्कार गर्ने धम्की दिँदै पाकिस्तानै गएर बस्न समेत भने त कोहीले सो खबर बिस्वास गर्न लायक नरहेको भन्दै सारुखको बचाव पनि गरे ।

सारुखलाई झुठो खबरमा मुछेको भन्दै कति बलिउडकर्मीहरुले उनको बचाव पनि गरेका छन् । यतिबेला सारुखको राष्ट्रियता र भारतीय हुनुमा प्रश्नचिन्ह उठाईरहेका छन् । उता यस्ता बिवादहरु भईराख्दा पनि सारुखले यसबारेमा आफनो स्टेटमेन्ट भने दिएका छैनन् । तर सारुखलाई माया गर्नेहरुले भने उनको बचाव गर्दे सारुखबिरुद्ध झुठो समाचार नफैलाउन भन्दै अभियान नै चालेका छन् । उनीहरुले सारुखले आफनो रेड चिल्ली कम्पनीबाट भारतमा अहिलेसम्म गर्दे आएको सामाजिक सेवाका कामहरुबारे जानकारी गराउँदै सारुखलाई पुलवा केसमा नमुछ्न र झुठो खबर नफैलाउन आग्रह गरिएको छ ।

उता पुलवा घटनामा अमिताभ बच्चन , उरी टिम , अक्षय कुमार लगायतका कलाकारहरुले ठुलो आर्थिक सहयोग गरिरहेका छन् भने कोहीले आन्तरिकरुपमा सहयोग गरिरहेका छन् तर सारुखले पनि पुलवा घटनाका शहिद परिवारका लागि आर्थिक सहयोग गरेको खबर पनि आएको छैन तर भारतमा सबैभन्दा धेरै च्यारिटी गरेर सामाजिक सेवामा लागेका नायक भने सारुख खान नै हुन् ।

प्रतिक्रिया दिनुहोस्