Logo

सामुदायिक विद्यालयमा अनिवार्य ‘इ’ हाजिरी



Spread the love

१ फागुन, सुरुङ्गा – आजदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् ।

विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेका अनुसार आजदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयले ‘इ’ हाजिरी अनिवार्य गर्नेछन् ।

‘इ’ हाजिरी सेवाको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज उद्घाटन गरे । नगरका सामाजिक समितिका संयोजक सङ्गीता शिवाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर शिक्षा अधिकारी पाण्डेले नगरको शिक्षाको अवस्थाबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्