केही समय अगाडी नेपालमा एक सुपर कम्प्युटर भित्रिएको थियो । छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा भित्रिएको उक्त कम्प्युटरको चर्चा पनि खुबै भयो । स्विट्जरल्यान्डबाटसबैभन्दा शक्तिशाली कम्प्युटरको रुपमा भित्राईएको सो कम्प्युटर भने उपयोगबिहिन भएको छ । स्विट्जरल्याण्डको जेनेभामा रहको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न) ले यो कम्प्युटर नेपाललाई उपहारका रुपमा प्रदान गरेको हो ।
यो उच्च क्षमताको कम्प्युटर खासगरी ठूल्ठूला रिसर्च, मौसम विभाग, बैंक, सिभिल र जियोम्याट्रिक विभाग, भूकम्प पूर्वानुमानलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ । तर विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यका अनुसार ठुलो डाटा आफुहरुसंग नभएकोले यसलाई चलाउन कठिनाई भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्