आज नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनयुद्ध दिवस मनाईरहेको छ ।तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भएपछि संयुक्त रूपमा दिवस मनाउन लागिएको हो । यसबीचमा कुनै समय तत्कालिन माओवादीका चर्चित नेता एवं हाल नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।
नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं! pic.twitter.com/4VNyxrsCp9
— Baburam Bhattarai (@brb1954) February 13, 2019
२ बर्ष अगाडीमात्र माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् । उनले ट्वीटरमा पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पोस्ट गर्दे शुभकामना दिएका हुन् । उनले लेखेका छन् “नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना१ संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२र६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं” ।