Logo

कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गरिँदै



Spread the love

सरकारले आउँदो फागुन ३ गतेभित्र कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पु¥याएको र फागुन ३ गते भित्र कर्मचारी समायोजन टुङ्गिने समयसीमा अनुरुप काम गरिरहेको छ । फानुन ३ गतेकोे २१ दिनभित्र कर्मचारी तीनै तहमा पुगिसक्ने प्रावधान छ ।

सरकारले अहिलेसम्म ५६ जना सचिव, ६३४ सहचिव र ८४८ जना उप-सचिवको समायोजन सम्पन्न गरेको छ । आइतबारसम्म बाँकी सबै उपसचिवको समायोजन हुने, दुई दिनभित्र शाखा अधिकृत र नायव सुब्बाको पनि समायोजन सकिने र त्यसपछि खरिदार लगायतका कर्मचारी समायोजन सम्पन्न गरिसक्ने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सेवा, समूह र दरबन्दी नमिलेका कर्मचारीको पनि सेवा, समूह र दरबन्दी मिलाउने काम निरन्तर भइरहेको छ ।

सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई सामयोजनका लागि निवेदन दिने समयावधि तोकेको थियो । त्यसको एक महिनाभित्र कर्मचारी समायोजन गरिसक्ने गरी सरकारले काम धमाधम गरिरहेको छ । कर्मचारी समायोजनका क्रममा ७७ हजार ३७४ जना कर्मचारीले समायोजनका लागि आवेदन दिइएका थिए ।

मन्त्रालयले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ ।

मन्त्रालयले समायोजन प्रणालीमा आबद्ध गर्न सहजीकरणका लागि सम्बन्धित सेवा, समूह र उप-समूहमा कार्यरत कर्मचारीको विभागीय कारबाही भए नभएको विवरण एकीन गर्ने काम निरन्तर गरिहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्