२६ माघ, काडमाडाैं – २५ गतेको मध्यरात वा भनाैँ २६ गतेको पहिलो मिनेटमै फेसबुकको एउटा पेजमा Shining Gurungorilza नाम गरेका व्यक्तिले एउटा भिडियो अपलोड गरे । भिडियोको वातावरण हेर्दा नेपालको कुनै तरार्इको होला भन्ने अनुमान गर्न सकिन्छ तर स्थान भने प्रस्ट छैन ।
भिडियोमा कुनै व्यक्तिको घरको सामान २–४ जना युवा केटाहरूले बाहिर अोसार्दै हुन्छन् । साना तिना घटना वा विवादमा पनि ठूलै जमातले भरिभराउ हुनु नेपाली समाजको विशेषता नै हो । त्यस भिडियोमा बिग्रेको वातावरण नियाल्न बस्नेको पनि कुनै कमि भएको छैन । जति सर्वसाधारणले त्यो अवस्था हेरिरहेका छन् लगलभ त्यति नै मात्रामा नेपाल प्रहरीका जवान , हवल्दार तथा असर्इ पनि त्यहि वातावरणमा हुन्छन् । तर त्यहाँ भएकाे गतिविधिको यथार्थ बुझ्न भने अनिच्छुक देखिन्छन् । घटनाको प्रमाणको बारेमा प्रहरीलार्इ प्रश्न गर्दा प्रहरीका बर्दीधारी कर्मचारी नै अवाक हुन्छन् । के भइरहेको छ र के प्रमाणका अाधारमा अरू कसैको घरबाट अल्लारे केटाहरूले सामान बाहिर ल्याउँदैछन् भन्ने प्रश्नमा प्रहरीकी असर्इ सम्म तर्किन खोज्छिन् । बाँकी भिडियोमा हेराैँ