महेश कुमार भण्डारी
मुटु भरेर दिएको माया अन्जुली बनेर आयो !
जब एक सामान्य स्त्रीरुप बाटुली बनेर आयो !!
एकै होलिन् लाग्यो अझै उस्तै होलिन् लाग्यो,
फेरिएर निस्केको प्रमाण काँचुली बनेर आयो !!
मै एकोहोरो अनि अनबरत मीठो प्रेम गरिरहे,
एकाएक खबर यो गाउँलेमा बेहुली बनेर आयो !!
स्वच्छ हृदय अनि पवित्र दिल हुनेहरुको यहाँ,
साचो प्रेम त उल्टै कदरहीन असुली बनेर आयो !!
सधैं हसाउँछु उनलाई भनेर जिन्दगी रचेको थिए,
तर उनको नजरमा मेरो नाम नामुली बनेर आयो !!
जब एकाएक बिछोडी घाउले मस्तिष्क समाए,
अचानक यो बिहानी पनि गोधुली बनेर आयो !!
ooo
ooo
प्रतिक्रिया दिनुहोस्