Logo

कपुरकोट गाउँपालिकामा ‘कृषि मोबाइल एप्स’को शुरुआत



Spread the love

कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ ।

किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का प्रबन्धक युवराज आचार्यले जानकारी दिए । “यो एप्स एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन, इन्टरनेटको पहुँचभन्दा बाहिरका किसानले पनि घरमै बसेर जानकारी लिन सक्छन्”, उनले भने।
‘कृषि कपुरकोट’ नाम दिइएको उक्त एप्समार्फत किसानले कृषि विज्ञसँग कुराकानी गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए। “एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार मुल्य, मौसम पूर्वानुमान, कृषि तालीम, कृषि दस्तावेज, आवश्यक फोन नम्बर तथा विज्ञ विवरण उपलब्ध हुनेछ,” उनले भने।(रासस)

प्रतिक्रिया दिनुहोस्