Logo

“सुमार्गीको रकम फर्काउन सकिन्न” : वाणिज्य बैंक



Spread the love

व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता गराउन नसक्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकलाई जानकारी गराएका छन् ।सर्वोच्च अदालतको आदेशअनुसार सुमार्गीको पैसा फिर्ता गराउन राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकलाई गरेको पत्रचारको जवाफमा उनीहरूले सुमार्गीको रकम प्रयोग भइसकेको जवाफ दिएका हुन् ।

‘ग्राहकले ऋण तिरिसकेका छन् । पैसा पूर्ववत् अवस्थामा ल्याउन फेरि ऋण प्रवाह हुनुपर्छ । यसका लागि सम्बन्धित व्यक्ति वा कम्पनी चाहिन्छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।‘यसकारण राष्ट्र बैंकको निर्देशनअनुसार पैसा फिर्ता गर्न नसकिएको हो,’ उनले भने । यस्तो परिस्थितिमा अर्को निर्देशन माग गर्दै राष्ट्र बैंकलाई जवाफ पठाइएको उनले बताए । प्राइम र इन्भेस्टमेन्टले पनि सोही आशयको पत्र राष्ट्र बैंकमा पठाएको बुझिएको छ ।

महालक्ष्मी विकास बैंकले सुमार्गीको रकम बाहिरिसकेको जनाएको छ । यो संस्थाले पैसा कहाँ–कहाँ गएको छ भन्ने कारोबार अभिलेख (स्टेटमेन्ट) सहित राष्ट्र बैंकलाई पत्र पठाएको स्रोतले जनायो । ती बैंकहरूले राष्ट्र बैंकलाई जवाफ पठाए पनि शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाईमा पठाएका छैनन् ।गभर्नर चिरञ्जीवी नेपाल, विदेशी विनिमय विभाग र सम्बद्ध बैंकका अधिकारीहरू सुमार्गीलाई अनुकूल हुने गरी देखावटी पत्राचारमा मात्रै अल्मलिइरहेकाले सर्वोच्चको आदेशअनुसार रकम फिर्ता हुनेमा आशंका अझ बढेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्