Logo

राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने



Spread the love

नेपाल प्रेस युनियन कास्कीले यही फागुन ७ गते हुने नवौं अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन कास्कीको आज सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै सोही दिन उक्त पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए।

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजङ्ग शाहलाई संयुक्त रुपमा प्रदान गरिने छ ।

पुरस्कारको राशि रु ३५ हजार ५५५ दोसल्ला र सम्मानपत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो ।

यसअघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गङ्गाधर पराजुलीलाई प्रदान गरिएको थियो । पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा रु १२ लाख रहेको छ । कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए।

अधिवेशनलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिने जानकारी दिँदै उनले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा आन्तरिक तयारी शुरु गरिएको बताए। (रासस)

प्रतिक्रिया दिनुहोस्