६ माघ, टोकियो – विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ ।
जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।
राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो ।
गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनि संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।
“यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उनकी नातिनी युकोले भनिन ।
नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँच जना सन्तान थिए ।
प्रतिक्रिया दिनुहोस्