Logo

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल



Spread the love

बिगत ११ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । । इलाम पुगेर अनसन बसिरहेका उनको स्वास्थ्य अवस्था झनै गम्भिर बन्दै गएपछि उनलाई बिहीबार राती नै राजधानी ल्याईएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयुमा उपचारर्थ रहेका उनको अनसन जारी नरहँदा ब्लड प्रेसर घट्दै गएको छ । रगतमा सुगर र फस्फोरसको मात्रासमेत कम हुँदै गएपछि अवस्था जटिल बनेको हो ।

साथै केसीको मांसपेसी बाँउडिने समस्यासमेत देखिएको छ । चिकित्सकहरुले उनलाई एन्टिबायोटिक औषधि दिएका छन् । डा केसीको अवस्था जटिल बन्दै गईरहेको बेला उनको बिषयमा सरकारले कुनै पहल भने गरेको छैन । डा केसीले आफुसंग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै केसीले आफनो १६ औँ अनसन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्