Logo

कविता न्यौपानेको गजल



Spread the love

  • कविता न्यौपाने

भुलिदिन्छ सारा संसार कसैले  पिएर हिडेपछी

नशाको तालमा आफ्नै सुरमा मात्तिएर हिडेपछी !!

 

भन्नुहुन्छ मेरी आमा कसैको गिद्दे नजर लाग्दैन

संयमित भइ आफू सदैब जोगिएर हिडेपछी !!

 

भन्छन्, सब एकदिन गन्तब्यमा पुगिन्छ भनेर

आत्मबिश्वास साथै मनमा आश लिएर हिडेपछी !!

 

यहाँ अरुको सादापनको प्रवाह छैन कसैलाई

किन पो वास्ता होस् र आफू सजिएर हिडेपछी !!

 

मैले नै अरुका टुटेका मनहरु देख्न छाडिसकेँ

आफुले टुक्राटुक्रा भएको मन सिएर हिडेपछि !!

०००

०००

प्रतिक्रिया दिनुहोस्